Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Poll: राष्ट्रपति
संर्घष् गर्दैछन् बिरगंजका महिलापत्रकारहरु
हिजोसम्म आफ्नै कक्षामा पढ्ने केटासँग बोल्न अप्ठ्यारो मान्ने बिभा लुइटेल आज हातमा माइक र क्यामेरा लियर ओहेदाका ब्यक्तीहरुसँग अन्तबर्वाता लिन पुग्छिन्र त्यो अन्तर्बातालाई उनी रेडियो र टेलिभिजन जस्ता सञ्चारमाध्यमबाट प्रशारण गरेर र्सवसाधारणलाई सु सुचित पार्दै आईरहेकी छिन्।आत्माविस्वास,जोश र लगनशिलताभए महिलाले पनि जुनसुकै क्षेत्रमा सफल्ता पाउन सक्ने भन्दै उनी भन्छिन्।"मलाई पत्रकारितालेनै पालेको छ"। दुइ बष् अघिसम्म बिरगंजलाइ आफ्नो कार्य क्षेत्र बनायर पत्रकारिता गर्ने महिला अनुहार यदाकदा मात्र देखिन्थ्यो भने केहि समय यताबाट पत्रकारिता गर्ने महिलाको संख्या बढिरहेको छ। संख्यात्मक रुपमा महिलापत्रकार बढेतापनि यसैलाई ब्यासायीक रुपमा अंगाल्ने भने एक दूइ जना मात्र छन् । पत्रकारिता क्षेत्रमा महिलाको बृद्दिलाई उत्साहजनक रुपमा लिनुहुने पत्रकारमहासंग पर्सा अध्यक्ष्य शत्रुध्न नेपाल,"कलम चलाउनको लागि अरुले स्थन देलाकीभनेर आश गर्नु भन्दापनि पत्रकारिताको निम्त र्सवप्थम चाहाना र आत्माविस्वास हुनुपर्दछ" भन्नुहुन्छ ।
यता आफुभित्र प्रतिभा र आत्माविस्वास हुदाहुदैपनि प्रकाशन गृहहरुले चुनौतिपुण् कार्यमा विस्वास नगरिदिनाले प्रतिभा देखाउन नसकेको महिला पत्रकारहरु गुनाशो गर्छन्।,महिलाहरु रातबिरात खट्न सक्दैनन,कतिबेला विवाह गरेर काँहा जान्छन ठेकान हुदैँन भनेरनै हामीलाइ अवसर दिइदैन,भन्नुहुन्छ बिरगंनजबाट प्रशारणहुने इन्द्रेणी एफ एमकी समचार वाचिका सरस्वती अधिकारी । सिंहनाद हिन्दी दैनिक पत्रिकाका प्रधान सम्पादक पंकज दासका अनुसार पुरुष पत्रकार जस्तै महिला पत्रकार स्वतन्त्र नहुने।विविध कारणले घटनास्थलमा तुरुन्त पुग्न नसक्ने जस्ता कुराहरुले गर्दानै महिलालेय पत्रिकामा स्थान पाउन अलि गारो भएको हो। स्त्रिलिंगनै भएको कारणले अवसर नदिइएको होइन भनि बताउनु हून्छ । तराइजस्तो ठाउमा पत्रकारीता पेशामा त्यो पनि छोरी मान्छे भनेर समाज र घरपरिवारले प्रश्न गर्छन्। यस पेशामा लागेपछि घट्नास्थलमा तुरुन्त पुग्नु पर्छ। सभा, गोष्ठी,सम्मेलन र विभिन्न कार्यक्रममा सहभागि हुनर्ुपर्छ। कामकै शिलशिलामा एउटा महिलापत्रकारले धेरैठउमा पुग्नुपर्ने र धेरै ब्यक्तीहरुसंग संगत गर्नुपर्ने हुन्छ। तर यसलाइ हेर्ने हाम्र समाजको दृष्टिकोणमा परिवर्तन भैनसकेर पनि महिलाको लागि यो पेशा असहज भएको हो ।
जस्तोसुकै अप्ठ्यारासंग जधेर पनि काम गर्छर्न्ने शाहासीला महिला पत्रकारलाई पनि चरित्रको मामलामा कोमल बनाइदिएको छ। एक महिलाको निम्त सबैभन्दा ठुलो शक्तिभनेको उनको चरित्र र इज्जत नै हो। जब चरित्रकै हत्या हुन्छ त्यसपछि महिला हागाबिगा काटिएको मुढा बराबर हुन्छन्।त्यसैले यस क्षेत्रमा महिला सहभागिताको निम्त उनिहरुलार्इर् इज्जत र सम्मान दिनु पर्छ। काम गर्न सहज वातावरणको श्रृजना हुनुपर्छ। भन्नुहुन्छ स्वतन्त्र महिलापत्रकार संजालकी अध्यक्ष्य रसना ढकाल।उहा भन्नुहुन्छ "महिलापत्रकार असक्षमछैनन बरु आफ्नो क्षमता देखाउन सहज बातावरण छैन"। पत्रकारहरु कोही भर्खर भएको घटनाको तुरुन्त समचार संकलन गर्छन्।कोही लेख र फिचर मार्फ समाज भित्रका राम्रनराम्रा गतिविधलाई बाहिर लेराउछन्। विधा जुन भएपनि लेख्ने पत्रकारहरु कलमनै चलाउछन् ।विरगंजमा कलम चलाउने महिलापत्रकार केही भेटियपनि क्यामेरा चलाउने महिला फोटोपत्रकार भने पाइदैनन्। कलम होश चाहे क्यामेरापत्रकारीता आफैमा चुनौतिपुण् काम हो।राष्ट्रिय फोटोपत्रकार समुह पर्सा अध्यक्ष्य राजु श्रेष्ठको भनाइ अनुसार पत्रकारीता गरेर घरपरिवार धान्न गारो छ। तर फोटो पत्रकारीता गर्ने हो भने पत्रकारले खिचेको फोटो इतिहास बनेर जिवत रहछ। अध्यक्ष्य राजु श्रेष्ठ भन्नुहुन्छ ,,कलमले लेखेको लेख केहि समय पछि पाठकले बिर्ष सक्छन् तर फोटोले विगतको राष्ट्र र समाजको अवस्थालाई वर्तमानमापनि ताजा बनाइराख्दछ ।"
उहाको भनाइ अनुसार समग्र नेपालमानै महिला फोटोपत्रकार न्युन भएको कारण फोटो पत्रकारीता गर्न चाहाने महिलाले त्यती धैरै संर्घष् र प्रतिस्पर्धा गर्न नपर्ने देखिन्छ।बिरगंजमा दुइसयको हाराहारीमा प्रकाशनको निम्ती अनुमती प्राप्त गरीसकेका पत्रपत्रिका मध्ये बर्तमान समयमा ३५ वटा पत्रपत्रिका प्रकाशीत भैरहेका छन्। जसमध्ये १७ वटा दैनिकपत्रिका रुपमा प्रकाशित हुन्छन भने १५ वटा साप्ताहिक एक वटा पाक्षीक र दुइवटा मासिक रहेका छन् । कुनैनकुनै पत्रिकामा आबद्ध रहेर देशबिदेशका ताजा गतिविधिबारे जनतालाई सु सुचित पार्ने काम गरिरहेका हुन्छन् पत्रकारहरु।बिरगंजबाट प्रकाशित ३५ वटा पत्रपत्रिकामा काम गर्ने पत्रकारहरुको संख्या सय भन्दा माथि छ। यति धेरै पत्रकारहरुको बिचमा महिलापत्रकार १३ जन मात्र छन्। १३ जनामा स्थानिय पत्रिकामा काम गन चारजना छन् भने केन्द्रिय स्तरको सञ्चारमाध्यमसँग जोडिएर काम गर्ने दुइजना छन्।बाकि सातजना बिरगंजबाट प्रशारण हुने एफ एम रेडियोहरुमा आबद्ध छन् ।
ति वटा पत्रिकाले एकएक जना महिलापत्रकार लाइ मात्र स्थान दिने हो भने पनि वटा पत्रिकामा महिलाको लागि छुट्याएको ठाउ सादानै रहने अवस्था छ ।त्यसैले महिलापत्रकारको दक्षता बृद्धि संगसगै संख्यात्मक बृद्धि पनि उतिकै जरुरी छ । शिक्षा अवसर काम गर्नको निम्ती सहज बातावरण र श्रमको उचित मुल्यांकन हुने हो भने पुरुषपत्रकारको तुलनामा महिला पत्रकारले अdm बढि इमान्दार र भावनात्मक भएर कलम चलाउन सक्दछन्। बिरगंजमा कलम चलाउनको लागि एस्ता धेरै महिलाका बिषयहरु छन् जस्मा पुरुषपत्रकारको दृष्टिले हेन सकेको छैन । त्यसैले महिलाकै बिषयमा कलम मार्फ आवाज उठाउन भएपनि समाजलाई महिलापत्रकारकोय खाचो छ । पर्सा हाल आएर बेलाबेलमा बिभिन्न संघसंस्थाहरुले महिलापत्रकारिताको आधारभुत तालिम दिइरहेको छ तर यतिले मात्र पुण् ज्ञान हासील हुन सक्दैन । फेरी तालिममा पनि काम गरिरहेकाहरु मात्र सहभागि हून्छन् ।यस क्षेत्रमा आउन चाहने नया अनुहारको लागि पनि तालिम र संर्घष् गर्ने ठाउको आवश्यक्ता छ । समग्रमा भन्नुपर्दा बिरगजका महिलापत्रकारहरु आफ्नो पहिचान बनाउन संर्घष्ा गरिरहेका छन् । संर्घष्र्र्लि मानिसलाइ परिपक्क बनाउछ ।आकाशमा मडारिएको कालो बादललाई चिर्दै चम्किरहेको तारा जस्तै बिभिन्न बाधा र परिस्थतीलाई पनछाउदै पत्रकारीता क्षेत्रमा चम्किन खोज्दैछन् बिरगंजेली महिलापत्रकारहरु ।
पबी कें सीं








ताजा खबर


