Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Poll: राष्ट्रपति
बागलुङ,४ भदौलगातार परेको वषर्ाका कारण पहिरो जाँदा जिल्लाका विभिन्न स्थानमा चार घर पुरेका छन् भने एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । हिजो राति पुलाचौर गाविस ९ डढुवामा पहिरो जाँदा जगन्नाथ आचार्यको घर पुरेपछि उनका छ जनाको परिवार घर छाडेर आफन्तकोमा शरण लिन पुगेका छन् ।
त्यहाँ नजिकै रहेका पर्ूण्ाबहादुर भण्डारी, हर्कबहादुर दर्जी र टीकाबहादुर दर्जीको घरमा समेत पहिरोले क्षति पुर्याएपछि घर भत्किने खतराका कारण उनीहरु समेत विस्थापित भएको स्थानीय लालबहादुर कार्कीले बताए ।
त्यस्त,ै नाङ्लिवाङ गाविस- ९ फर्सर्ेे पहिरो जाँदा सोना परियार, डिल्ले परियार, हिमलाल गौतम र दर्ुगाप्रसाद गौतमको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार थप पहिरो आउने खतरा बढेपछि आसपासका राम सुवेदीलगायतका करिब एक दर्जन परिवार विस्थापित भएका छन् ।
घरमाथि रहेको महादेव सामुदायिक वनको १० हेक्टरभन्दा बढी जमिन गत चार वर्षेखि निरन्तर खस्न सुरु गरेपछि प्रत्येक वर्षत्यहँाको बस्ती जोखिममा पर्ने गरेको छ । बस्तीको तल काली गण्डकी नदी बगेकोले पनि पहिरो आउना साथ त्यहाँका करिब पाँच दर्जन परिवार नदीमा पुग्ने खतरा रहेको स्थानीय रामप्रसाद सुवेदीले बताए । पहिरोका कारण मालढुङ्गा बेनी सडकसमेत मङ्गलबारदेखि अवरुद्ध भएको छ ।
फर्सर्ेेलस्ती, मल्लाजलगायतका स्थानमा पहिरोले सडक पुरिएका कारण सडक खुलाउन अझ केही समय लाग्नेे सो सडक योजनाका प्रमुख कृष्ण रायले बताउनुभयो । यातायात चल्न नसकेपछि बेनीदेखि लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधनहरु चल्न सकेका छैनन् । सवारी नचलेपछि बेनीमा सयौँ यात्री अलपत्र परेका छन् ।








ताजा खबर


