मन्त्रालय बाडफाडको कुरा मिल्यो भोलि मन्त्रिमण्डल विस्तार हुने

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1
2345678
9101112131415
16171819202122
23242526272829
30

Newsletter

Subscribe to newsletter:

Poll: राष्ट्रपति

राष्ट्रपति निर्वाचनमा माओवादी के कारणले हरेको हो ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाण्डौ,४ भदौ
नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरण र नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले मन्त्रालय बांडफांडमा कुरा मिलिसकेकाले भोलि मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । ४ भदौमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आजै सहमतिका हस्ताक्षर हुने बताए । 'मन्त्रालय बांडफांडमा कुरा मिलिसकेको छ ,' किरणले भने,'भोलिसम्ममा मन्त्रिमण्डल विस्तार हुन्छ ।'

आफ्नो दलबाट डा.बाबुराम भट्टर्राई अर्थ र रामबहादुर थापा बादलले रक्षा मन्त्रालयको जिम्मेवारी लिने टुंगो लागेको र अन्यको भोलिनै टुंगो लाग्ने बताए । आफू भने सरकारमा नजाने बताए । सरकारमा सहभागी हुनेको नाम तय भएलगत्तै पार्टीभित्र पनि जिम्मेवारी बांडफांड हुने बताए ।

कार्यवाहक अध्यक्ष को हुने भन्ने प्रश्नमा उनले भने,'त्यसबारे टुंगो छैन, मेरोबारे ठोस कुरा उठेको छैन ।' सरकारमा सहभागी नहुनेले पार्टी संचालनको जिम्मेवारी लिने बताए । केन्द्रीय समिति बैठक बसी जिम्मेवारी बांडफांडको टुंगो लगाउने बताए । जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर कसलाई बनाउने भन्नेबारे पनि पार्टीले निर्णय गर्ने बताए ।

रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै किरणले जनमुक्ति सेनाले प्रधानमन्त्रीको सुरक्षा खटाउने नखटाउनेबारे टुंगो नलागेको बताए । जनमुक्ति सेनालाई प्रधानमन्त्रीको सुरक्षार्थ नखटाउने भन्ने निर्णय नभएको बताए । पार्टीको बैठक बसी त्यसबारे निर्णय गर्ने बताए ।

उनले भने,'नेपाली सेना र जनसेनाको भूमिका महत्वपूर्ण छ, कसैलाई पनि चोट पुर्‍याउनुहुन्न भन्ने पक्षमा छौं ।' सेनाबारे स्वस्थ चर्चा नभएको भन्दै नेपालको राष्ट्रियताका लागि नेपाली सेना र जनसेना दुवैको उच्च योगदान रहेको बताए । दुवैको स्वाभिमानमा चोट नपुर्‍याई समायोजनमा जानुपर्नेमा उनको जोड थियो ।

प्रचण्ड प्रधानमन्त्री हुदैमा जनमुक्ति सेनासंगको सम्बन्ध नटुटेको बताए । आफूहरुले दुवै सेनालाई उत्तिकै विश्वास गरेको बताए । सेना समायोजन प्रक्रिया छिट्टै अघि बढ्ने उनको भनाई थियो । हिन्दी भाषा नेपालको भाषा नभएकाले त्यसलाई दोस्रो राष्ट्रिय भाषा बनाउनुपर्छ भन्ने माग गलत रहेको बताए । विदेशीहरुले भन्दैमा हिन्दी नेपालको भाषामा गणना हुननसक्ने उनको भनाई थियो ।

नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले मन्त्रालय बांडफांडमा सहमति बनिसकेको बताए । उनले भने,'सहमति बनिसक्यो, हस्ताक्षर गर्न मात्र बांकी छ ।'

भोलि मन्त्रिमण्डल बन्ने खुलासा गर्दै आजै आफ्नो दलले नाम दिने बताए । सहमतिका साथ सरकार संचालन गर्न तीन दल एक भएर जानुपर्नेमा उनको जोड थियो । अन्य दललाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने बताए । माओवादीले सेनाको दुरुपयोग गरेमा समिकरण भंग हुने चेतावनी दिए ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008