Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Poll: राष्ट्रपति
मनिला,४ भदौदक्षिण फिलिपिन्समा साङ्घातिक हमला गर्दै आएका मुस्लिम व्रि्रोही कमाण्डर बे्रभोले बुधबार फिलिपिनो सरकार विरुद्ध पर्ूण्ा युद्धको घोषणा गरेका छन् । मोरो इस्लामिक मुक्ति मोर्चाका नेता ब्रेभोले सेनालई होच्याउँदै आफ्नो योद्धाहरूले जुनसुकै बेला उनीहरुमाथि धावा बोल्ने बताए ।
ब्रेभोको खास नाम अब्दुर रहमान माचापार हो । हामीलाई संहार नगरुन्जेल हामी सरकारी सेनासँग गोलाबारी गर्न तयार छौं । यदि उनीहरूले हाम्रो संहार गर्न सक्दैन भने हामी उनीहरूको संहार गरिदिन्छौं ।
ब्रेभोले रेडियो मिन्दानाओ नेर्टवर्कसँग भने । "हामी मार्न र मर्न तयार छौं ।" सरकारसँग जमीन बाँडफाँडमा रिसाएका मुजाहिद्दीनहरुले सोमबार लानाओ डेल नोर्टर्ेे साराङ्गानी प्रान्तहरूको थुप्रै इर्साई सहरहरूमा हमला गरेर ३८ जनालाई मारिदिएको पनि उनले स्वीकारे ।
दक्षिणी टापू मिन्दानाओप्रति इगित गर्दै ब्रेभोले भने - मिन्दानाओमा मुस्लिमहरूले मुस्लिम न्याय खोजेका छन् । यो टापूमा सन् १९७८ देखि पृथकतावादी व्रि्रोह चलिरहेको छ । "ईश्वरको आँखामा हामी आतङ्ककारी होइनौं ।" मोर्चाका आदेशलाई ब्रेभोका लडाकूहरू पालना गर्दैनन् भन्ने सरकारीको आरोपको प्रतिवादमा उनले भने ।








ताजा खबर


