Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Subscribe to newsletter:
Poll: राष्ट्रपति
राष्ट्रपति निर्वाचनमा माओवादी के कारणले हरेको हो ?
काडमाण्ठौ,४ भदौप्रचण्डको दोहोरो सुरक्षाकै विषय तीव्र विवादित भएका कारण नयाँ मन्त्रीमण्डलको आकार र अनुहार पनि अझै स्पष्ट भएको छैन। प्रधानमन्त्री प्रचण्डको दोहोरो सुरक्षा घेराको विरोधमा मंगलवार खरो रुपमा उत्रनेमा माओवादीकै सत्ता साझेदार नेकपा एमाले र मधेशी जनाधिकार फोरम थिए।
तर साँझ प्रधानमन्त्रीलाई भेटेपछि एमाले महासचिव झलनाथ खनालले बीबीसीसँग भने, “उहाँले त्यस्तो दोहोरो सुरक्षा घेरा राख्ने निर्णय पार्टिले नगरेको बताउनु भयो।नयाँ मन्त्रीमण्डलले पूर्णता कहिले पाउला भन्ने प्रश्नको जवाफमा महासचिव खनालले, “अब बुधबार कोशी क्षेत्रको भ्रमण सकेर मात्र मन्त्रीमण्डलको बारेमा कुरा गर्ने निर्णय भएको छ।
दिनभर अत्यन्त व्यस्त रहेका नयाँ प्रधानमन्त्रीलाई भेट्न नपाएका फोरमका संयोजक उपेन्द्र यादव पनि नयाँ सरकारका विषयमा अन्धकारमै रहेको सुनिए।
तर उनले दोहोरो सुरक्षा घेराको विरोध गर्दै भने, “यो त हाम्रो सहमति विपरित कदम हो। प्रधानमन्त्रीकै प्रतिबद्धताको पनि प्रतिकुलमा यस्तो दोहोरो सुरक्षा घेरा आएको छ








ताजा खबर


