उद्धार क्रम अझै जारी,डुबान पर्ने द्धारा आक्रोश ब्यक्त

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1
2345678
9101112131415
16171819202122
23242526272829
30

Newsletter

Subscribe to newsletter:

Poll: राष्ट्रपति

राष्ट्रपति निर्वाचनमा माओवादी के कारणले हरेको हो ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image डुबानमा परेको करिब १८ किलोमिटर लामो तथा १५ किलोमिटर चौडा भू-भागका लागि परिचालित उक्त सामग्री र जनशक्ति अत्यन्त न्यून ठहरिएको छ। हेलिकोप्टर तथा सेना, प्रहरी, माओवादी कार्यकर्तासमेतले मंगलबार बिहान ५ बजेदेखि साँझसम्म करिब ७ हजार मानिसलाई उद्धार गरेको बताइएको छ। अझै ५ हजार मानिस उद्धारको पर्खाइमा रहेको स्थानीयबासीहरू बताउँछन्।

नेकपा (एमाले) बाट सो क्षेत्रमा गत संविधानसभामा उम्मेदवार बनेका महफुज अन्सारीले यति ठूलो संकटमा पनि सरकारले उद्धारका लागि नाम मात्रको स्रोतसाधन प्रयोग गरेर जनताको पीडामा मल्हम लगाउने प्रयास पनि नगरेको आरोप लगाउनुभयो। उहाँले श्रीपुर र हरिपुर गाविसका ५ हजारभन्दा बढी मानिस अझै घर र मदर्सा छाना, छत तथा रूखमा चढेर बसिरहेको जानकारी दिनुभयो।

सप्तकोसी नदीको बाँध फुटेर गाउँ प्रवेश गरेको बाढीको डुबानमा परेका र उद्धारको प्रतीक्षामा श्रीपुर-७ को एक घरको छतमा बसेका १ सयभन्दा बढी मानिस समयमै उद्धारटोली नपुगेपछि घरसहित बगेर मंगलबार दिउँसो २ बजेदेखि बेपत्ता भएका छन्।

सो स्थानबाट १ हजारभन्दा बढी स्थानीय बासिन्दा सर्म्पर्कविहीन बनेको समेत त्यहाँबाट सुरक्षित स्थानमा आएका पीडितहरूले बताएका छन्।श्रीपुर-७ बाट १ सयभन्दा बढी मानिसलाई बाढीले घरसहित बगाएको स्थानीय बासिन्दाहरूले बताए पनि आधिकारिक पुष्टि भने हुन नसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीले बताउनुभयो।

बाढीको बहाव नघटेका कारण त्यहाँ सेनाको हेलिकोप्टरले उद्धारका लागि मंगलबार दिनभरि प्रयास गरिए पनि हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएपछि उद्धार कार्य प्रभावित भएको उहाँले बताउनुभयो।हेलिकोप्टर अवतरण गर्न सक्ने स्थानबाट भने दिनभरिमा करिब साढे ३ सय पीडितलाई उद्धार गरिएको छ।

हेलिकोप्टरले उद्धार गर्न नसकेको स्थानमा उद्धारका लागि गृह मन्त्रालयसँग रबरको डुंगा मगाए पनि मंगलबार साँझसम्म पनि आइनपुगेको सुनसरीका स्थानीय विकास अधिकारी तथा दैवी प्रकोप उद्धार समितिका सदस्य गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो। बाढीबाट विस्थापित भएका र रातभरि वषामा भिजेका कारण विस्थापित भएका परिवारका ३ सयभन्दा बढी बालबालिका बिरामी परेका छन्। रातभरि पानीमा नांगै बसेका कारण उनीहरूमा ज्वरो, निमोनिया, झाडापखाला, आँखा पाक्नेजस्ता रोगले च्यापेको पाइएको छ।

सिकिस्त भएका तीन दर्जन बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ। बालबालिका बिरामी परेपछि जिल्ला प्रशासनको आग्रहमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट दुइवटा स्वास्थ्य टोली परिचालन गरिएको छ।

स्वाथ्यकर्मीहरूको अभावका कारण थप टोली परिचालन गर्न नसकिएको दैवी प्रकोप उद्धार समितिले जनाएको छ।कोशी नदीको पानी पसेपछि बाढी प्रभावित पाँचवटा गाविसका करिब एक दर्जन विद्यालय र दुइ दर्जन मदर्सानि डुबेका छन्।

विस्थापित भएकालाई तत्काल राख्नका लागि स्थान अभाव भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको आग्रहमा इनरुवाको एक क्याम्पस र एक दर्जन विद्यालय बन्द भएका छन्।क्याम्पस र विद्यालयको पठनपाठन तथा प्रशासनिक काम ठप्प भएको छ। क्याम्पस र विद्यालयमा विस्थापितलाई तत्कालका लागि राखिने र वैकल्पिक व्यवस्था भएपछि मात्र अन्यत्र र्सार्ने प्रजिअ भण्डारीले बताउनुभयो।

उहाँका अनुसार अझै केही हप्ता विस्थापितलाई क्याम्पस र विद्यालयमै राख्नुपर्ने अवस्था रहेको छ। उद्धार कार्य फितलो भएको र प्रहरी प्रशासन रमिते मात्र बनेको भन्दै पीडितहरूले लौकहीमा ३ बजेदेखि ६ बजेसम्म प्रदर्शन गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट एक प्रहरी नायब उपरीक्षकसहित आधा दर्जन प्रहरी घाइते भएका छन्।

उक्त घटनापछि सशस्त्र तथा जनपदको संख्या बढाइएको छ। उद्धारको आसमा रातभरि पानी आधा भाग डुबेर र वषामा रुझेर भोकभोकै बिताउन परेको तर प्रशासन सडकमा मात्र सीमित रहेर उद्धारको नाममा रमिते मात्र बनेको भन्ने प्रदर्शनकारीहरूको आरोप थियो।

दलहरूद्वारा उद्धार र राहतको माग कोशी नदीले गरेको कटान र डुबानबाट विस्थापितहरूलाई तत्काल उद्धार गरी राहत दिन राजनीतिक पार्टी विभिन्न संस्थाले माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी), तर्राई-मधेश लोकतान्त्रिक पार्टीनेपाल कम्युनिस्ट पार्टीएकता केन्द्र मसाल), नेपाल सद्भावना पार्टीनेकपा (एकीकृत), नेकपा (संयुक्त), नेकपा (मसाल), सद्भावना पार्टीलिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक समाजवादी दल, अनेरास्ववियु, योङ कम्युनिस्ट लिग, नेपाल निजामती कर्मचारी संगठन, नेपाल मानवअधिकार संगठनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी पीडितहरूलाई राहतका लागि सहयोग गर्न र्सवसाधारण र सरकारलाई आग्रह गरेका छन्।

तटबन्ध भत्किएर सप्तकोशीको जलप्रवाह गाउँ बस्तीहरूमा प्रवेश गरी उत्पन्न भइरहेको बिपत्त्रि्रति नेपाल सरकारका सम्बन्धित सबै निकाय तथा कोशी ब्यारेज नियन्त्रण गरिरहेको भारत सरकारको हामी गम्भीर रूपमा ध्यान आकषिर्त गर्दर्र्छौं’ -एमाले महासचिव झलनाथ खनालले विज्ञप्तिमा भन्नुभएको छ। नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुजाता कोइरालाको नेतृत्वमा एक कार्यदल बनाई स्थिति अध्ययनका लागि कोशी क्षेत्रमा पठाउने निर्णयगरेको छ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008