महासचिव खनाल-पत्रकार सम्मेलन

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image हेटौँडा,३ मङ्सिर
नेकपा -एमाले)का महासचिव झलनाथ खनालले नेपाली काङ्ग्रेसले सरकारको विरुद्धमा गर्ने भन्दै आएको व्रि्रोह धम्की मात्र भएको बताउनुभएको छ ।

हेटौँडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काङ्ग्रेसलाई व्रि्रोहमा नलागी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

शान्ति प्रक्रियामा नेपाली काङ्ग्रेसको योगदान उल्लेख्य रहेको चर्चा गर्दै उहाँले नेपाली काङ्ग्रेस मुलुकमा शान्ति बिथोलिने कार्यमा नलाग्ने र सेना समायोजन विशेष समितिमा पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

शान्ति प्रक्रियालाई पर्ूण्ाता दिने, राज्य संरचनालाई पुनःसंरचना गर्ने, नयाँ संविधान निर्माण गर्ने र मुलुकलाई सामाजिक आर्थिक रुपान्तरण गर्ने चारवटा मुख्य लक्ष्यका साथ एमाले अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

संविधानसभा नियमावली र कार्यतालिका निर्माण भइसकेको उल्लेख गर्दै महासचिव खनालले राज्य पुनः संरचना आयोग केही दिनभित्र गठन भइसक्नेसमेत जानकारी दिनुभयो ।

माओवादीसँग भएको सात बुँदे सहमतिमा माओवादी सेना समायोजन र पुनःस्थापना दुवै उल्लेख भएको बताउँदै महासचिव खनालले नेकपा -माओवादी)ले पुरै लडाकू समायोजन हुने भन्नु र नेपाली काङ्ग्रेसले कुनै पनि लडाकू समायोजन हुनसक्दैन भन्नु अतिवादी विचार भएको प्रस्ट पार्नुभयो ।

नेकपा -माओवादी) का सैनिक कमान्डर तत्कालै नेपाली सेनाको सेनापति बन्न नसक्ने उल्लेख गर्दै उहाँले उनी नेपाली सेनामा समायोजन हुन सकेमा नेपाली सेनाको प्रक्रियाअनुसार योग्यता र दक्षताले भ्याएमा सेनापति बन्न सक्ने बताउनुभयो ।

वाइसिएल र युथफोर्सका बीच विभिन्न जिल्लामा भएको असमझदारी र विवाद हटाउन दुवै पार्टर्ीी प्रतिनिधि सम्मिलित उच्चस्तरीय संयन्त्र निर्माण गरिएको र जिल्ला तहमा पनि उक्त संयन्त्र निर्माण गरी युथफोर्सलाई व्यवस्थित रुपमा अगाडि बढाइने समेत महासचिव खनालले बताउनुभयो ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008