अनिश्चितकालीन बन्दको आहृवान

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image दाङ, ३ मङ्सिर
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आजदेखि अनिश्चितकालीन राप्ति अञ्चल बन्दको आहृवान गरेको छ ।

बन्दका कारण राप्तिबाट छुट्ने लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन् । मजदुर र सरकारबीच भएका सहमतिहरू सरकारले तोड्ने प्रयास गरेका कारण बन्दको कार्यक्रम अघि सारिएको सङ्गठनका केन्द्रीय सदस्य कृष्णबहादुर भुसालले बताउनुभएको छ ।

मजदुर सङ्गठनले मजदुरलाई बिमाको व्यवस्था, शान्तिसुरक्षाको ग्यारेन्टीलगायतका माग अघि सारेको छ ।

बन्दका कारण पर्ूव-पश्चिम राजमार्गमा पनि गाडी नचलेको इलाका प्रहरी कार्यालय, लमहीले जनाएको छ । त्यस्तै राप्ती अञ्चल ट्रक व्यवसायी समितिले पनि आजदेखि मालबाहक गाडी सञ्चालन नगर्ने भएको छ ।

समितिले उद्योग वाणिज्य सङ्घले सिन्डिकेट प्रणाली कायम राखेको भनी गरेको आन्दोलनप्रति असहमति जनाउँदै मालबाहक गाडी सञ्चालन नगरेको हो । उता तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज तुलसीपुर बजार बन्द गराएको छ ।

सिन्डिकेट प्रणाली खारेजी नभएको भन्दै त्यसको विरोधस्वरूप बजार बन्द गराइएको सो सङ्घका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले बताउनुभएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008