Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
सप्तरी,३ मङ्सिर शान्ति तथा पुनःनिर्माण मन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक जनार्दन शर्मासँग हिजो साँझ भएको अनौपचारिक वार्ता सकारात्मक भएको भन्दै तर्राईमा सशस्त्र सङ्र्घष्ारत मधेसी भाइरस किलर्सले एकतर्फी युद्ध विरामको घोषणा गरेको छ ।
किलर्सका नेता गौरवले सञ्चारकर्मीसँग कुरा गर्दै शान्तिमन्त्री शर्मासँग भएको प्रारम्भिक वार्ता सकारात्मक भएकाले युद्धविरामको घोषणा गरेको बताउनुभयो । उहाँले भन्नुभयो- अनौपचारिक वार्ता एक घण्टा चल्यो, हामीले आफ्ना मागहरूबारे स्पष्ट रूपमा कुराहरु राख्यौ र शान्ति मन्त्रीबाट पनि सकारात्मक जवाफ पायौँ ।v अब सरकारले कसरी प्रक्रिया बढाउँछ त्यसैमा अगाडिको वार्ता निर्भर गर्छ उहाँको कथन थियो ।
शान्तिमन्त्री शर्मासँग भएको वार्ताको क्रममा अधिकांश सशस्त्र समूहका अगुवाले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गरेको एक सहभागीले बताए । शान्ति मन्त्री शर्मा हिजो तर्राईका चारवटा सशस्त्र समूहसँग अनौपचारिक वार्ता गरी राजधानी फर्किनुभएको छ ।








ताजा खबर


