Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Poll: तोकिएको समयमा ...
लहान,४ मङ्सिरजिल्ला प्रहरी कार्यालय, सिरहामा यातना दिई मृत्यु भएका चन्द्रकुमार यादवको हत्यासम्बन्धमा राज्यद्वारा गठित छानबिन समितिले आफ्नो कार्य थालेको छ ।
सरकारद्वारा गत कात्तिक ७ गते गठित सो समितिमा प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रञ्जित संयोजक रहनुभएको छ भने सदस्यद्वयमा उप-अनुसन्धान निर्देशक पुष्कर चापागाई र क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाका उपसचिव चन्द्रश्वर पोखरेल हुनुहुन्छ ।
सो समितिले पीडित परिवारसहित सिरहास्थित जिल्ला अस्पतालका चिकित्सकहरु, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरूसँग हिजो घटनाबारे जानकारी लियो । प्रारम्भिक अनुसन्धानबाट यादवको प्रहरी यातनाका कारण मृत्यु भएको देखिएको वरिष्ठ प्रहरी उपरीक्षक रञ्जितले उल्लेख गर्नुभयो ।
उहाँले दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपर्ूर्ति दिलाउन समिति क्रियाशील रहने बताउनुभयो । उहाँले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूसँग पनि सोधपुछ गरी शुक्रबारसम्म छानबिन सिध्याएर आगामी आइतबार प्रतिवेदन नेपाल सरकारलाई बुझाउने जानकारी पनि दिनुभयो ।
गत असोज २७ गते पक्राउ परेका अर्नामा गाविस, वडा नं. २ ब्रहृमपुरीका ३० वषर्ीय यादवलाई प्रहरीले हिरासतमा यातना दिएकाले मृत्यु भएको पीडित परिवारको आरोप छ ।








ताजा खबर


