बुटवलको बन्द खुल्यो

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123456
78910111213
14151617181920
21222324252627
28293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाडौँ, चैत २०
कार्यकर्ता हत्याको विरोधमा लगातार ६ दिनदेखि बन्द हुँदै आएको बुटवल खुलेको छ । बन्द खुलेपछि मानिसको चहलपहल बढेको छ । एमालेले आफ्ना कार्यकर्तालाई माओवादीले हत्या गरेको आरोप लगाउँदै विगत ६ दिनदेखि बुटवल बन्द गराउँदै आएको थियो ।

लामो बन्दका कारण जनतालाई समस्या भएको भन्दै बुधबारदेखि बन्द फिर्ता लिएको एमालले जनाएको छ । बन्द फिर्ता लिए पनि आन्दोलन भने जारी राख्ने एमालले जनाएको छ ।

बन्दका कारण बुटवलमा ६ दिनदेखि यातायात, बजार, शिक्षण संस्था कलकारखाना बन्द हुँदै आएका थिए । गत बिहीबार युथफोर्स रूपन्देहीका कार्यकर्ता प्रचण्डमान थैवको हत्यापछि एमालले सरकार छाड्नेसमेतको चेतावनी दिँदै आएको छ ।

आउँदो २५ गतेसम्म विरोधसभा, र्‍याली, ज्ञापनपत्र, गर्ने त्यसपछि पनि हत्यामा सङ्लग्नलाई कारबाही नभए फेरि बन्द गर्नेसमेत एमालेले जनाएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter