नेपालद्वारा भुटान २-१ ले पराजित

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाडौँ, १४ मङ्सिर ।

छैठौं एएफसी फुटबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज अभ्यास खेलमा भुटानलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ। कलकत्तास्थित मोहमदन स्पोर्टिङ क्लवको खेल मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।

यसपछि उनानसाठ्ठीऔं मिनेटमा पासाङ छिरिङले पेनाल्टी मार्फत गोल गर्दा भुटानले अग्रता कायम गरेपनि सत्तरीऔं मिनेटमा अनिल गुरुङ बराबरी गोल फर्काउन सफल रहँदा खेल एक-एकको बराबरीमा पुग्यो। यसपछि खेल सकिन दश मिनेटबाँकी छदा चेतन घिमिरेको क्रसमा विजयले डि बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदा नेपाल दुई-एकको जित हात पार्न सफल रह्यो। यसअघिको अभ्यास खेलमा नेपालले मोहनबगानलाई पराजित गरेको थियो।

आज नेपालले भारतको चिराग फुटबल टिमसँग खेल खेल्ने तय भएपनि लिगको कारण समय नमिल्दा नेपालले भुटानसँग खेल खेलेको हो। अब नेपाली राष्ट्रिय फुटबल टिम बुधबार एएफसी च्याम्पियनसिपमा भाग लिन बंगलादेशको ढाका प्रस्थान गर्नेछ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter