खेलकुदमन्त्रीद्वारा मिर्गौला पीडित खेलाडीको बिदाइ

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाडौँ, १७ मङ्सिर ।

युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले भारतको चन्डीगढमा स्वास्थ्योपचारका लागि जान लाग्नुभएकी मिर्गौला पीडित पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी मञ्जु तुलाधारलाई आज बिदाइ गर्नुभयो ।कलङ्की स्युचाटारमा स्थायी घर भएकी ४२ वषर्ीया तुलाधारलाई रु १८ लाख ७२ हजारको चेक प्रदान गर्दै बिदाई गरिएको हो तुलाधार र उहाँका भाई आजै त्यसतर्फप्रस्थान गर्नुभयो ।तुलाधरको उपचारका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको पहलमा राष्ट्रिय खेलकुदपरिषद्लगायत विभिन्न खेल सङ्घ तथा व्यक्तिबाट रकम सङ्कलन गरिएको थियो ।

सो अवसरमा मन्त्री नेपालीले भारतमा स्वास्थ्योपचार गरार्इरहनुभएका पूर्व राष्ट्रिय भलिबल खेलाडी मिर्गौला रोगी दिनेश बानियाँको स्वास्थ्यस्थितिकाबारेमा खेलाडी सङ्घका अध्यक्ष दीपक बिष्टसँग जानकारी लिनुभएको थियो ।तुलाधरका पति क्षितिज अरुण श्रेष्ठ नेपाल ओलम्पिक सङ्ग्रहालयको संस्थापक तथा अध्यक्ष हुनुहुन्छ । उहाँहरुका एकमात्र छोरी सान्सी श्रेष्ठ हाल एक कक्षामा पढ्दै हुनुहुन्छ । उहाँले स्वास्थ्योपचारका क्रममा त्रिपुरेश्वरस्थित ब्लुक्रस नर्सिङहोममा २१ पटक डायलाइसिस गराइसक्नुभएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter