पर्यटकको गन्तव्य बन्न नसकेको पर्सा वन्यजन्तु आरक्ष

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image कृष्ण उदास खनाल

वीरगन्ज, ५ पुस ।

वि.स. २०४० मा स्थापना भएको पर्सा वन्यजन्तु आरक्ष पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण छ ।कुल ४९९ वर्गकिलोमिटरमा फैलिएको पर्सा वन्यजन्तु आरक्ष पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण भए पनि पर्यटकका लागि गन्तव्यको रुपमा भने अझै पनि विकास हुनसकेको छैन ।चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा वन्यजन्तु आरक्षमा आउने पर्यटकका लागि उचित आवास र सुरक्षाको पर्याप्त प्रत्याभूति तथा प्रचारप्रसार कम भएकाले पनि मुलुकमा रहेका अन्य आरक्षको तुलनामा यो त्यति पर्यटकका लागि आकर्ष बन्न नसकेको स्वयम् पर्सा वन्यजन्तु आरक्षका वार्डेन बाबुराम गोपाली बताउनुहुन्छ ।पूर्व-पश्चिम राजमार्गअर्न्तर्गत बाराको पथलैयाबाट तीन किलोमिटर उत्तर तथा मुलुककै प्रमुख प्रवेशद्वार वीरगन्जबाट ३० किलोमिटर उत्तरमा यो आरक्ष रहेको छ ।

पर्याप्त पूर्वाधार र प्रचारको अभावमा पर्सा वन्यजन्तु आरक्ष पर्यटकका लागि गन्तव्य बन्न नसकेको हो । पशुपँक्षी, वन्यजन्तु सजिलै देख्न नसकिने र पर्यटकका लागि उचित वासस्थानको अभावमा आरक्ष पर्यटकका लागि गन्तव्य अझै पनि बन्न नसकेको स्थानीयवासीहरुले बताएका छन् ।आरक्ष प्रमुख तुलसीराम शर्माले विगत तीन वर्षेखि स्वदेशीलगायत विदेशी एकजना पनि पर्यटक नआएको बताउँदै देशका अन्य आरक्षमा पर्यटक पुग्ने गरे पनि यहाँ पर्यटक नआएकोमा दुःख व्यक्त गर्नुभयो ।त्यसो त नेपालमै रैथाने हात्तीका लागि प्रसिद्ध एकमात्र यस आरक्षभित्र ऐतिहासिक कामिनी दह, कर्मकुमारी धारा, सिकारी बाँस, दुग्धेश्वर महादेव, भेँडानदीजस्ता महत्व बोकेका रमणीयस्थल रहे पनि व्यापक प्रचारप्रसार नभएकाले पर्यटकहरुको गन्तव्य बन्नसकेको छैन । पर्यटकहरुलाई जङ्गल भ्रमण गराउन अमलेखगन्जमा दसवटा हात्ती राखी हात्तीसार निर्माण गरे पनि हात्तीसारको उपयोग भएको पाइँदैन । आरक्षभित्र बाह्रसिङ्गे मृग, नीलगाई, पाटेबाघ, भालु, विश्वमा लोप हुनलागेका काँडे भ्याकुर, सारस, अजिङ्गरजस्ता वन्यजन्तु र ३०० प्रकारका पशुपक्षी रहेको छ ।

वन्यजन्तुलाई एकत्रित गर्न आरक्षभित्र ११ वटा कृत्रिम पोखरी, वन्यजन्तुको वासस्थान निर्माण सुधार, पर्यटक हिँड्ने गोरेटो, वन पथ निर्माण, हात्तीसार व्यवस्थापन र पर्यटकीय सूचना केन्द्र निर्माण, होर्डिङ बोर्डहरु रहेको पाइए पनि उचित संरक्षण र सञ्चालनको अभावमा जीर्ण बन्दै गइरहेका छन् ।यसअघि भग्नावशेषका रुपमा रहेको ऐतिहासिक कामिनी दहलाई चुरे तथा शिवालिकका लागि जैविक विविधता कार्यक्रमअर्न्तर्गत जीर्णोद्धार गरी चुरेको मुहानबाट पानी ल्याई पुनःनिर्माण सम्पन्न भएको छ ।उक्त कामिनी दहमा वसन्त ऋतुमा साइबेरिया र श्रीलङ्काबाट सारस तथा अन्य चराचुरुङ्गीहरु आउनेगरेको आरक्षले जनाएको छ । दह अवलोकन गर्न तथा दहमा आउने सयौँ प्रकारका चरा चुरुङ्गीहरु खुला आँखाले देख्न सकियोस् भन्ने हेतुले आरक्षले खुल्ला मचान निर्माण गरिएको आरक्ष प्रमुख शर्मा बताउनुहुन्छ ।

आरक्ष क्षेत्रभित्र रहेको राममारी भाटामा वन्यजन्तुको वासस्थानको सुरक्षा गर्न तहाँ रहेका ७८ घरपरिवारलाई सोनवषर्ा गाविसको कर्मटोलामा स्थानान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको आरक्ष प्रमुख शर्माको भनाइ रहेको छ ।सो ठाउँ पनि पर्यटकका लागि अत्यन्तै महत्वपूर्ण ठाउँको रुपमा रहेको छ । वीरगन्जसँगै टाँसिएको यस आरक्षमा सहरको व्यस्त वातावरणबाट दिक्क भएकाहरु विभिन्न तनावबाट छुट्कारा खोज्ने मानिसहरु, प्राकृतिक प्रेमी र बिदा मनाउनेहरुका लागि एउटा सुन्दर र मनमोहक गन्तव्य भने हुनसक्ने बारा अमलेखगन्ज गाविसका निवर्तमान अध्यक्ष भरत घले बताउँछन् ।

आरक्षसँगै जोडिएका बाराको पथलैया र अमलेखगन्जमा आन्तरिक तथा बाहृय पर्यटकलाई लक्षित गरी होटलहरु निर्माण हुन नसक्दा पनि पर्यटकहरुलाई वासस्थानको मुख्य समस्या देखिएको छ । विशेषगरी पर्सा वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गर्नका लागि ती ठाउँहरुमा होटल तथा रिसोर्टहरु निर्माण गर्न नितान्त आवश्यक छ । घनाजङ्गलमा पानीको अभावले वन्यजन्तु चुरेको खोचतर्फजाने भएकाले पशुपक्षीबाहेक अन्य वन्यजन्तु सजिलै र नजिकै देख्न सकिन्न ।आरक्ष प्रमुख शर्माले सरकारले आरक्षलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुहुन्छ । आरक्षभित्र होटल रेस्टुरेन्टसमेत निर्माण गर्नुपर्ने आवश्यकता छ ।नेपालको दक्षिण क्षेत्रको मध्यभू-भागमा अवस्थित यस आरक्ष देशमा पर्यटन व्यवसायको विकास र पर्यटकीय आकर्षामा अलग्गै र विशिष्ट स्थान ओगट्नुको साटो उल्टै पर्यटकविहीन भएर रहेको छ । पर्सा जिल्ला विकास समितिको सहयोगमा २०५८ सालमा पर्सा हात्ती महोत्सव गरे पनि त्यसपछिका दिनहरुमा केही व्यक्तिले हात्तीसारमा हात्ती चढे पनि विगत तीन वर्षेखि हात्ती चढ्नेको सङ्ख्या शून्य रहेको आरक्षको तथ्याङ्कले देखाएको छ ।

बाराको अमलेखगन्ज बजारबाट एक किलोमिटरभित्र पर्ने हात्तीसारमा हात्ती चढ्न कोही पनि नआएपछि माउतेहरुको हात्ती चराउनुमात्रै दैनिकी बन्न पुगेको छ । दसवटा हात्तीको हेरचाह गर्न दसजना माउते, दसजना पछुवा, दसजना अन्य गरी ३० जना कर्मचारी कामविहीन भएका छन् । विदेशी पर्यटकलाई एक हजार, नेपाली पर्यटकलाई २०० र र्सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु. ४०० प्रतिघण्टा दर रेट भए पनि हात्तीसारबाट एक रुपैयाँ पनि राजस्व सङ्कलन हुनसकेको छैन ।हात्तीसारलाई व्यवस्थित बनाउन हात्तीहरुको वासस्थान, हात्तीमाथि पर्यटक चढ्ने कलात्मक भर्‍याङ र बस्ने हौदासमेत रहेको छ । दिनभरि हात्ती चराउने र बेलुका ल्याएर किलामा बाँध्ने काममात्रै भइरहेको हात्तीसारका फणित चौधरी बताउँछन् ।

यसरी समग्रमा भन्ने हो भने पर्सा वन्यजन्तु आरक्ष देशका अन्य आरक्षको तुलनाका पर्यटकीय हिसावले कम छैन । तर, यसको विकासका लागि सबैभन्दा पहिला राज्य र त्यसपछि स्थानीय नागरिक समाज, सबै सरोकारवलाहरु एकजुट हुने हो भने मात्रै पर्सा वन्यजन्तु आरक्षलाई प्रमुख पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिनेछ ।तर्राईमा देखिएको राजनीतिक खिचातानीको पनि अन्त्य हुन जरुरी छ । बारा तथा पर्साका महत्वपूर्ण ठाउँहरुमा होटल तथा रिसोर्टहरु निर्माण गर्ने र त्यसका लागि राज्यले केही सुविधा दिने हो भने भोलि पर्सा वन्यजन्तु आरक्ष पनि आन्तरिक र बाहृय पर्यटकका लागि प्रमुख गन्तव्यस्थलका रुपमा विकास हुने निश्चित छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter