सञ्चारमन्त्री पोखरेल-निर्देशन

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाडौँ, १३ पुस ।

सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले समयको माग र दायित्वलाई हृदयंगमगरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।सूचना तथा सञ्चार मन्त्रालयमातहतका सबै विभाग, संस्थान एवम् निकायहरूको आज मन्त्रालयमा भएको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले जनभावना र विभागीय उत्तरदायित्वलाई बुझेर काम गर्न निर्देशन दिनुभएको हो ।मन्त्री पोखरेलले कार्यसम्पादनको अनुगमनकारी निकायलाई समेत चुस्त राख्न र यस किसिमका चौमासिक समीक्षालाई औपचारिकतामा मात्र सीमित नराखी प्रतिफलमूखी कार्यविभाजनका साथ काम गर्न आग्रह गर्नुभयो ।उहाँले सूचना विभागलाई निजी क्षेत्रसँग समन्वयगरी सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा सञ्चारको विकासका आयोजना अघि बढाउन निर्देशन दिनुभयो ।

त्यसैगरी प्रेस काउन्सिलको मुलुकमा व्यवसायिक एवम् मर्यादित पत्रकारिताको अभिवृद्धि गर्ने जस्तो गहन दायित्व बाकेको काउन्सिल पत्रपत्रिकाको काम वर्गिकरणमा मात्र सीमित रहेको भन्दै आफ्नो जिम्मेवारी अनुरुपको कार्यसम्पादनमा बढी केन्द्रित हुन निर्देशन दिनुभयो ।मन्त्री पोखरेलले मुलुकमा नागरिकको सूचनाको हकलाई स्थापित गर्नेजस्तो गहन दायित्व बोकेको राष्ट्रिय सूचना आयोग जनशक्तिको अभावमा खुम्चिएको महसुस भएको भन्दै के कति जनशक्ति चाहने हो त्यसको माग गरी चुस्त ढङ्गले काम अघि बढाउन सुझाव दिनुभयो ।उहाँले सुरक्षित मुद्रणको अभावमा एसएलसीका प्रश्नपत्रको छपाई पनि भारतमा गर्ने गरिएको भन्दै मुद्रण विभागलाई स्वदेशमै सुरक्षित मुद्रण स्थापनाको पहल गर्न र सङ्ख्यात्मक रुपमा फोनलाइन विस्तारमा मात्र नलागी गुणस्तर कायम गर्नेतर्फलाग्न नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।

मन्त्री पोखरेलले सबै निकाय र विभागलाई कति सेवा विस्तार गर्न सकियो, जनताको सन्तुष्टि एवम् गुनासो कति प्राप्त भयो र राज्यले के कति प्रतिफल प्राप्त गर्नसक्यो भन्ने विषयको केन्द्रबिन्दुमा रहेर आफ्ना कार्यको समीक्षा गर्न पनि आग्रह गर्नुभयो ।मन्त्रालयका सचिव सुशील घिमिरेले निकाय एवम् विभागीय समन्वय कायमगरी चुस्त ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।उहाँले राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपालसँग रहेको भौतिक सम्पत्तिको उपयोग गरी आयआर्जनमा लगाउन र बजेटका लागि सरकारको मुखमात्र नताक्न आग्रह गर्नुभयो ।

सहमहालेखा नियन्त्रक चुडामणि शर्माले समयमै कार्यसम्पादन गर्न र बेरुजु फछ्र्यौट गर्ने काममा ध्यान दिन सबै कर्मचारीसँग आग्रह गर्नुभयो ।सो बैठकमा मन्त्रालय मातहतका सबै विभाग, संस्थान एवम् निकायले आ.व. ०६/६७ को पहिलो चौमासिकमा भए गरेका कार्यको प्रगति विवरण प्रस्तुत गरेका थिए ।सो अवसरमा राससका कामु महाप्रबन्धक रामकुमार कोइरालाले रासस आफ्नो सेवालाई विविधिकरण, सुदृढीकरण र गुणस्तरीय कार्य सम्पादन गर्न अघि बढिरहेको र रासस एफएम सेवा सञ्चालनको गृहकार्यमा जुटेको जानकारी गराउनुभयो ।सो मन्त्रालयले प्राप्त चौमासिकमा भए गरेको कार्य सम्पादनबाट रु.५० करोड ८६ लाख ७७ हजार राजस्व आम्दानी गरेको जनाएको छ ।

त्यस्तै सो मन्त्रालयमा हालसम्म रु. १६ करोड ४ लाख बेजुरु रहेको देखिएको छ ।सो मन्त्रालयको प्रथम चौमासिकको तथ्याङ्कीय स्थितिमा थप दर्ुइ टेलिभिजनले प्रशारण अनुमति लिई टेलिभिजनको संख्या ३० पुगेको, थप १४ एफएमले प्रशारण इजाजत लिई एफएमको संख्या कूल ३७७ पुगेको र केवुल टिभीको दर्ता कूल ६१२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter