Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Poll: तोकिएको समयमा ...
इटहरी, १३ पुस ।एमाले महासचिवर् इश्वर पोखरेलले विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमति विपरित एकीकृत नेकपा -माओवादी)ले उग्रवामपन्थी चरित्र त्यागेर सहमतिको राजनीतिमा आए माओवादी सप्रिने दाबी गर्नुभएको छ ।माहासचिव पोखरेलले माओवादी जनताको चाहना र विस्तृत शान्ति सम्झौता विपरित हिडिरहे राजनीतिक मूलधारबाट समाप्त हुने दाबी गर्नुभयो ।एमाले महासचिव पोखरेलले आज प्रेस चौतारी सुनसरीद्वारा आज यहाँ आयोेजित पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासाको उत्तर दिदै उहाँले माओवादी सुध्रिएर नआए समाप्त हुने चेतावनी दिनुभयो ।
एमालेले विस्तृत शान्ति सम्झौताको पर्ूण्ापालना सहमतिको राजनीतिलाई मुख्यएजेण्डा बनाइरहेको बताउदै महासचिव पोखरेलले माओवादीले माओवादी जनव्रि्रोहको चरित्रलाई परिवर्तन गरी सरकारमा आउनुपर्ने चर्चा गर्नुभयो ।एकीकृत नेकपा -माओवादी)ले संसदमा ३०२ जना सभासद् सदस्य सङ्ख्या पुर्याएर सरकार बनाउने हिम्मत गर्नु पर्ने उल्लेख गर्दै उहाँले त्यसो गर्न नसके सडकमा नारा लगाए जस्तै सत्ता कब्जा गर्ने हिम्मत गर्न पनि महासिचव पोखरेले चुनौती दिनुभयो ।
आफूखुशी सेनामाथि हात हालेर राजनीतिक सहमतिको राजनीति उलङ्घन गरेर माओवादीले राजनीतिमा बर्ेइमानी गरेको टिप्पणी गर्नुभयो ।अन्तरिम संविधानले गरेको व्यवस्था तथा राजनीतिक सहमति विपरित सरकारमा रहेको दललाई समेत विश्वासघात गरेर माओवादीले जनयुद्धकालकै धङधङी बोकेर हिडिरहेकाले अब पनि माओवादी सुध्रिएर नआए तोकिएको समयमा संविधान निर्माण नहुने महासचिव पोखरेलले आशंका गर्नुभयो ।
यदी निर्धारित समयमा संविधान निर्माण नभए देशमा अहिलेकोभन्दा गम्भीर सङ्कट उत्पन्न हुने र देशको अवस्था भयावह हुन सक्ने चेतावनी दिँदै महासचिव पाखरेलले त्यसको जिम्मेवारी माओवादीले नै लिनुपर्ने बताउनुभयो ।दलहरूबीच राजनीतिक रुपमा धेरै विमतिहरू छन्, तर ती विमतिकाबीचबाट सहमति गर्नु पनि जरुरी रहेको टिप्पणी गर्दै उहाँले कुनै कुनै बिन्दुमा सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको छ भन्नुभयो ।यथास्थितिको राजनीतिलाई त्यागेर अग्रमनको राजनीतिमा आउन माओवादीहरू अझै तयार नरहेकाले संविधान निर्माण प्रक्रियामा नै समस्या सिर्जना भईरहेको टिप्पणी गर्दै महासचिव पोखरेलले जनतालाई ढाँटेर कति दिनसम्म माओवादीले राजनीतिक अभिष्ट पूरा गर्लान भन्ने प्रश्न गर्नुभयो ।








ताजा खबर


