प्रचण्ड-लनग्रेन भेटवार्ता

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाडौँ, १३ पुस ।

एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन -अनमिन) प्रमुख करिन लनग्रेनबीच आज भेटवार्ता भएको छ ।पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भएको सो भेटका क्रममा सेना समायोजन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ ।सो अवसरमा अध्यक्ष प्रचण्डले सेना समायोजन विषयमा विस्तृत शान्ति सम्झौताविपरीत विभिन्न कोणबाट आइरहेका अभिव्यक्ति सम्बन्धमा अनमिन प्रमुख लनग्रेनलाई जानकारी गराउनुभएको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो ।

यस्तै अनमिन प्रमुख लनग्रेनले माओवादीद्वारा अयोग्य लडाकूलाई शिविरबाट बाहिर राखी पुनःस्थापना गर्ने सम्बन्धमा माओवादी धारणाबारे अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेको सञ्चारकर्मीलाई बताउनुभयो ।लेनग्रेनको भनाइपछि अध्यक्ष प्रचण्डले आफूहरू अयोग्य लडाकूलाई छिटोभन्दा छिटो समाजमा पुनःस्थापना गर्न तयार रहेको बताउनुभयो ।यसैगरी अध्यक्ष दाहाल र भारतीय जनता पार्टीका नेता एवम् झारखण्डका पर्ूव मुख्यमन्त्री भगतसिं कोसेरीबीच आज संवाद भएको छ ।

उहाँहरूबीच भारतीय सेनाका प्रमुख दीपक कपुरले नेपालको सेना समायोजनका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा कुराकानी भएको थियो ।माओवादी पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भएको सो भेटमा अध्यक्ष दहालले भारतीय सेनाप्रमुख कपुरको धारणा आधिकारिकताबारे मुख्यमन्त्री कोसेरीसँग सोध्नुभएको थियो ।साथै उहाँले नेपालको सेना समायोजनबारे भारतीय जनता पार्टीको धारणा पनि बुझ्नु भएको थियो ।अध्यक्ष प्रचण्डको जिज्ञासा सुनेपछि मुख्यमन्त्री कोसेरीले सेनाप्रमुख कपुरको अभिव्यक्ति भारत सरकार र आफ्नो पार्टीको आधिकारिक धारणा नभएको बताउनुभएको बताइएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter