मयमा नै संबिधान जारी नभए त्यसको दोषी माओवादी हुन्छ... महामंत्री निधि

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image





















वीरगंज, २१ पुस।

नेपाली काग्रेसका महामंत्री बिमलेन्द्रं निधीले तोकिएको समयमा नै नयाँ संबिधान जारी नभए त्यसको मुख्य दोषी एकीकृत नेकपा माओवादी हुने बताउनुभएको छ । प्रेस युनियन पर्साले आज बिहान वीरगंजमा आयोजना पत्रकार सम्मेलनमा महामंत्री निधीले सो कुरा बताउनभएको हो । उहाले माओवादी लडाकुहरुको समायोजन बिना नयाँ संबिधान बन्न नसक्ने भएकाले त्यस तर्फसबैले ध्यान दिन जरुरी रहेको सो अवसरमा बताउनुभएको छ । संबिधान निर्माणमा भन्दा पनि माओवादी नागरिक सर्बोच्चताको नाउमा पार्टीगत सर्बोच्चता लाद्त तर्फउद्धत भएकाले पनि संबिधान निर्माण नभए त्यसको मुख्य दोष माओवादीले नै लिनुपर्ने उहाको भनाई छ ।

माओवादी बहुलवादको संबिधान भन्दा पनि आफ्नो अनुकुलता हुने गरी एकतन्त्रीय शासन ब्यवस्थाको संबिधान निर्माण गर्न चाहेकाले पनि संबिधान निर्माणमा समस्या देखिएको महामंत्री निधीले सो अवसरमा बताउनुभएको छ । नेपाली कांग्रेस तोकिएकै समयमा नयाँ संबिधान निर्माण हुनर्ुपर्छ भन्ने पक्षमा रहेको पनि उहाले प्रष्ट पार्नुभएको छ । राज्यको पर्ुनसंरचना एक दलले गर्नु भन्दा पनि त्यो बिज्ञहरुले नै गर्नुपर्ने र त्यसका लागि एउटा आयोज गठन गर्नुपर्नेमा पनि उहाले जोड दिनुभएको छ ।

बृहत शान्ति संझेैतामा माओवादी लडाकुहरुको ६ महिना भित्रमा पर्ुनस्थापना गरी संबिधान निर्माण गर्ने कुरा उल्लेख भए पनि माओवादी नै कारण सेना समायोज प्रकृया ढिला भएको टिप्पणी गदै उहाले काग्रेस, एमाले र माओवादी बीचको सहमतिबिना नया संबिधन नबन्ने पनि निधीको भनाई छ । प्रेस युनियन पर्सर्ाा अध्यक्ष पुरुषोत्तम भटर्राईको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा काग्रेसका सभासद्हरु शोभाकर पराजुली, अजय द्धिवेदी, अजय चौरसिया, ओम प्रंकाश शर्मा लगायतको पनि उपस्थिति थियो ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter