Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Poll: तोकिएको समयमा ...
कृष्ण "उदास" खनाल
वीरगंज, २८ पुस ।
मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा नै नयाँ संबिधान निर्माण हुन नदिन चौतर्फी षडयन्त्र भइरहेका कारण उक्त षडयन्त्र बिरुद्ध नै आफूहरुले माघ २ गतेबाट आन्दोलन गर्न लागेको दाबी गर्नुभएको छ ।सो पार्टी निकटको मधेशी मुस्लिम फोरमले आज यहाँ उहाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई संबोधान गर्द अध्यक्ष यादवले नेपालका सबै उत्पीडित जातीको अधिकार नयाँ संबिधानले सुनिश्चित गर्नुपर्छ भन्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको पनि सो अवसरमा बताउनुभएको छ । बिभेद र समनता अझैपनि मुलुकमा ब्यप्त रहेको बतानुहुँदै अध्यक्ष यादवले बर्तमान शासकहरु नै नयाँ संबिधान निर्माण गर्ने पक्षमा नरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष यादवले आफूहरु जनताको पक्षमा रहेको र माघ २ गतेबाट गर्ने आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने र यदी राज्यले दमन गरे जनताले प्रतिकार गर्ने पनि बताउनुभएको छ । नेपालका सबै जाती मुस्लिम, दलित, पिछडाबर्ग सबैको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी तयार रहेको र आफ्नै पार्टीले मात्रै मधेशी जनता र मुस्लिमहरुको अधिकार सुनिश्चित गरेको उहाको भनाई छ । मधेशी जनता बिरुद्ध बर्तमान शासकहरुले षडयन्त्र गरिरहेकोले पनि अब संघर्ष गर्नुको बिकल्प नभएको उहाँको ठहर छ । लोकतन्त्र बिरोधी, संघीयता बिरोधीहरुले नै अहिले षडयन्त्र गरिरहेको उहाले बताउनुभएको छ । मुस्लिम फोरमका केन्द्रीय अध्यक्ष नुरुलहोदा अंसारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मुस्लिम फोरमले अध्यक्ष यादव सहित महासचिव राम सहाय यादव लगायतकालाई पनि सम्मान गरेको थियो ।
Post your comment
Comments (1 posted)
-
Posted by Jun Jogi, 14 January, 2010 10:58:15जुन जोगी आए पनि कानै चिरेको ।








ताजा खबर
प्रेस विज्ञप्ति


