चुरेभावरका उपाध्यक्ष पक्राउ

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image सर्लाही, फाल्गुन ७

चुरेभाबर राष्ट्रिय एकता पार्टीका बरिष्ठ उपाध्यक्ष बाबु थापा र उनका छ जना सहयोगीलाई शुक्रबार राति प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।पार्टीको बारेमा छलफल गर्न हरिऔनका समिर मैनाली र हेम लामालाई ढुंग्रेखोला स्थित आफ्नै घरमा बोलाएर कुटपिट गरी जिपमा भाग्दै गर्दा हतियार सहित थापालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्याम खत्रीले बताए ।थापा पक्षको कुटपिटबाट गम्भीर घाइते भएका समिर चुरेभाबर राष्ट्रिय एकता पार्टीका सभासद केशब मैनालीका छोरा हुन् । गत बर्ष सभासद मैनाली र थापाले एकैदिन छुट्टाछुट्टै महाधिबेशन गरेपछि बिधिबत पार्टी बिभाजन भएको थियो ।

दुबै पक्षले आफ्नो समूहलाई आधिकारीक भन्दै आएका छन् ।पार्टीको आधिकारीकताको बिबाद निर्बाचन आयोग हुंदै हाल सर्वोच्च अदालतमा बिचाराधिन अबस्थामा छ । निर्बाचन आयोगले थापा समूहलाई आधिकारीक भएको निर्णय गरेपछि मैनाली समुहले सर्बोच्चमा पुनराबेदन गरेको हो । पार्टी फुटका कारण दुई पक्षबिच चलेको द्धन्द्धका कारण घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।कुटपिट पछि थापाको घर अघिल्तीर ज२प ८३९५ नम्बरको मोटरसाइकल समेत जलेको अबस्थाम फेला परेको छ । कुटपिट र मोटरसाइकलमा आगजनीको सुचना पाएर प्रहरी पुग्नासाथ थापा आफ्ना सहयोगी सहित जिपमा भागेका थिए ।

भारतीय नम्बरको जिपमा भागेका भागेका थापा सहितको टोलीलाई प्रहरीले बाटो छेकेर फुलजोरबाट राती १२ बजे पक्राउ गरेको थियो । लालबन्दी प्रहरी चौकीले रोक्दा समेत उक्त जिप नरोकी भागेको हुंदा बाटो घेरेर रोकिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिपमा रहेका सोहन थापा, रोहन थापा, दनु थापा, सोम लामा, बमबहादुर लामिछाने र राजु लामा रहेको खत्रीले जानकारी दिए ।थापाको घरबाट एकथान इटालियन पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ । उनीहरुले भाग्न प्रयोग गरेको जिपमा २ थान नलकटुवा बन्दुक र १० राउण्ड गोली फेला परेको प्रहरी नायब निरीक्षक महेन्द्र साहले बताए ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter