माछा उत्पादनबाट आत्मनिर्भर

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image वीरगन्ज, ७ फागुन ।

माछा उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले यस वर्षसरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा पोखरी निर्माण कार्य विशेष योजना पर्सामा लागु गरेको छ ।उक्त योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षा कृषकहरूलाई अनुदान दिनका लागि जिल्लामा रु. १६ लाख बजेट विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत किसोरीप्रसाद यादबले बताउनुभयो ।माछा उत्पादनका लागि जिल्लामा यस वर्षकूल १५ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्ने योजना रहेको छ, उहाँले भन्नुभयो - यो अभियानमुखी कार्यक्रमलाई माछाको पकेट क्षेत्रमा नै लागु गर्न विशेष प्राथमिकता दिएको छ ।

नयाँ माछा पोखरी निर्माणका लागि प्रति हेक्टरका दरले रु. एकलाख गरी १५ हेक्टरका लागि रु. १५ लाख सरकारले अनुदानस्वरूप कृषकलाई उपलब्ध गराउने र बाँकी रु. एकलाखमा सम्बन्धित कृषकहरूलाई माछा उत्पादनसम्बन्धी आवश्यक तालिम दिने योजना रहेको सो कार्यक्रमका प्राविधिक सहायक दयाराम हरिजनले भन्नुभयो ।नयाँ माछा पोखरी निर्माणका लागि आहृवान गरिएको निवेदनको समय सीमाभित्र कूल ४६ जना कृषकले ७० विगहा क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि निवेदन दिएको भए पनि बजेट विनियोजन भए अनुसार यस वर्ष२२ विगहा क्षेत्रफलमा मात्र नयाँ पोखरी निर्माण गर्न कृषकलाई अनुदान दिइने छ - उहाँले भन्नुभयो ।

जिल्लामा लागु भएका अभियानमुखी मत्स्य कार्यक्रम तथा पोखरी निर्माण कार्यक्रमलाई बढी व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको उल्लेख गर्दै नयाँ माछा पोखरीका लागि जग्गा छनौटदेखि पोखरी निर्माण र माछा उत्पादनसम्मको कार्यको प्रभावकारिताका लागि यसको अनुगमन तथा मूल्याङ्कन गर्न एक जिल्लास्तरीय टोलीसमेत गठन गरिएको छ ।पर्सा जिल्लामा हाल ७१६ जनासँग २३० हेक्टर क्षेत्रफलमा ८३३ वटा पोखरी रहेको अनुमान छ ।जिल्लामा झण्डै सातहजार मेटि्रक टन उन्नत किसिमको माछा उत्पादन हुने गरेका जिल्ला कृषि विकास कार्यालय, पर्साले जनाएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter