थारु समूदायद्वारा आन्दोलनको घोषणा

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काठमाडौ ७ फाल्गुन

एक मधेश एक प्रदेशको बिरोधमा विभिन्न आठ थारु संघ संस्थाले आन्दोलनको घोषणा गरेका छन् । थारु कल्याणकारिणी सभा,थरुहट संयुक्त संघर्ष समिति,नेपाल लोकतान्त्रिक थारु संघ लगायतका संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति निकाली फागुन २० गतेदेखि चैत्र १ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

एक प्रदेशका नाममा तराईका जनतालाई झुक्याउन खोजिएको भन्दै बहुप्रदेशका लागि आन्दोलन थालिएको थारु कल्याणकारिणी सभाले जनाएको छ । आन्दोलन अन्तर्गत संविधानसभालाई खवरदारीपत्र बुझाउने,२१ गते संविधानसभा घेराउ, २५ गते संयुक्तसभा, २९ गते मसाल जुलुस र चैत्र १ गते थरुहट तराई बन्दका कार्यक्रम तय गरिएको छ । यसअघि सम्पूर्ण तराईलाई एक प्रदेश बनाइनुपर्ने मुद्दामा मधेशी जनअधिकार फोरम र थरुहट संयुक्त संघर्ष समितिका संयोजक लक्ष्मण थारुले संयुक्त संघर्ष गर्ने जनाएका थिए ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter