Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Poll: तोकिएको समयमा ...
काठमाडौ ७ फागुन ।प्रधानमन्त्री माधवकुमार नेपालले निर्धारित समयमै जनचाहना बमोजिमको संविधान जारी गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।साठिऔं प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले शुक्रबार सैनिक मञ्च टुंडिखेलमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री नेपालले नयाँ संविधान नेपाली जनताको प्रमुख चाहना हो भन्दै त्यसका लागि सबै प्रजातान्त्रिक शक्तिबीचको राष्ट्रिय एकता आवश्यक छ भन्नुभयो ।
प्रधानमन्त्री नेपालले भन्नुभयो - ' विगतमा धेरै ठूला असहमतिहरु पनि हामी आफैले एकै ठाउँमा बसेर वार्ताका माध्यमबाट समाधान गरेका उदाहरण हामीसँगै छन् त्यसैले अहिले देखापरेका असहमतिलाई पनि एकठाउँमा बसेर समाधान गरी नेपाली जनताको चाहनाबमोजिम अघि बढ्नुपर्छ । प्रतिस्पर्धा र सहकार्यलाई एकैसाथ अघि बढाउन सक्नु नै लोकतन्त्रको विशेषता हो भन्दै प्रधानमन्त्री नेपालले यसैबाट नै सहिष्णु राजनीतिक व्यवस्थाको आधार बन्छ भन्नुभयो ।प्रधानमन्त्री नेपालले मुलुक यतिखेर सङ्क्रमणकालीन अवस्थाबाट अघि बढीरहेको परिस्थितिमा एक जातिका विरुद्ध अर्को जातिले र एक समूहका विरुद्ध अर्र्को समूहले भड्काउने एवम् एक भाषाका विरुद्ध अर्काे भाषा खडागरी असहज वातावरणको सिर्जना गर्ने प्रयास पनि यदाकदा भईरहेकोले त्यस्ता क्रियाकलापका पछि नलागि राष्ट्रिय एकता र सद्भावका माध्यमबाट नयाँ नेपाल निर्माणमा समाहित हुन सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री नेपालले भन्नुभयो - 'हामी सङ्घीयतामा जाँदैछौं तर यसको अर्थ देशलाई चिराचिरापार्ने तथा मुलुकमा विखण्डन ल्याउनु होईन, हामी सबै एउटै जाती नेपाली हौं भन्ने भावनाबाट अघि बढ्नुपर्छ ।'आजको दिन नेपालको इतिहासमा एक महत्वपूर्ण दिन भएको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले २००७ सालमा आएको प्रजातन्त्रपछि नेपाली जनताले प्रजातान्त्रिक अभ्यासलाई अघि बढाउन पाएको भए आज नेपाल पनि विश्वका अन्य प्रजातान्त्रिक देशहरुको तुलनामा निकै अगाडि हुन्थ्यो भन्नुभयो ।








ताजा खबर


