चितवनबाट हेटौडा आइरहेको मोटरसाइकल जुध्यो,मोस चालकको घटनास्थलमा नै मृत्यु

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image हेटौडा,२६जेष्ठ
महेन्द्र राजमार्गको मनहरि गाविस, वडा नं. ८ रजैयामा पर्ने सडकखण्डमा हिजो भएको दुर्घटनामा २ युवकको मृत्यु भएको छ ।

हेटौडाबाट चितवनतर्फ जादै गरेको ना.३ ख ४४७३ नं. को ट्रक र चितवनबाट हेटौडा आइरहेको बा. १४प १८८७ नं.को मोटरसाइकल जुधेर भएको सो दुर्घटनामा मोटरसाइकलमा रहेका दुवै युवकको घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा धनुषा जिल्लाका भेषकुमार लामा र सर्लाही जिल्ला, हरिऔनका टीका अधिकारी भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मोटरसाइकल र ट्रक दुवैको गति अत्यधिक रहेको र मोटरसाइकलले 'रिङ ओभरटेक' गर्दा पानी परिरहेको चिप्लो सडकमा चिप्लेर सो दुर्घटना भएको बताइएको छ ।

यसरी नै हेटौडा नगरपालिका, वडा नं. ८ कमानेमा हिजै ना.१ज १६९८ नं.को माइक्रोबस र ना.३प ७४२५ नं.को मोटरसाइकल ठोक्किदा हेटौडा­ नगरपालिका, वडा नं. ७ का राजु श्रेष्ठ र विकास गुरुङ घाइते भएका छन् ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008