Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Poll: तोकिएको समयमा ...
मोबाइल फोन र हाम्रो शिष्टता
घटना गत माघ २० गते आईतवारको हो ।एउटा गोष्ठीमा सहभागीको रुपमा उपस्थित भएर अथितीको मन्तव्य ध्यान पुर्वक सुन्दै थिए अचानक मेरो पछाडी तिर बस्नु भएका एक जना सज्जनको मोवाईल चर्को आवाजले चिच्याउन थाल्यो 'च्याङबा होइ च्याङबा, सुन सुन होइ च्याङबा' केहि सेकेन्डको लागि
भए पनि सम्पुर्ण सहभागिहरुको ध्यान मोबाइल धारी सज्जन तर्फ केन्द्रित भयो अझ सहभागिहरु मात्र होइन अथिती वक्ता पनि केहि सेकेन्डको लागि बोल्दा बोल्दै अड्किए तर ति सज्जनलाइ मोवाइल उठाउन कुनै हतार थिएन बल्ल बल्ल फोनलाइ कानमा लगेर हल्लो....हजुर अहिले म अलि जरुरी मिटिङमा छु पछि गफ गरुला भन्दै फोन राख्न खोज्दै थिए तर फोन गने व्यक्तिलाइ त्यतिले मात्र चित्त बुझेन क्यारे सायद फोन गर्ने व्यक्तिको मनसाय ति सज्जनले बुझेर हतार हतार फोन कानमा लगाएर फतफताउदै हलबाट बाहिरीए ।
त्यस पछि स्थिती सामान्य भयो ठानेर अथिती वक्ता अगाडी बोल्न मात्र के खोजेका गरेका थिए अब पालो थियो अको सज्जनको, वहांको मोबाइले पनि बैको ध्यान आफु तिर केन्द्रित हुने गरि चिच्याउन शुरु गरि हाल्यो 'तुझे देख देख सोना तुझे देख देख मरना' त्यंहा पनि बिचरा अथिती वक्ता लगायत सबै सहभागीहरुको ध्यान केही क्षणको लागि भए पनि भङ भयो तर धन्न ति सज्जनले कुरो बुझेर फोन काटन बाध्य भए ।
म त्यो मोबाईलले कार्यक्रममा गरिरहेको बाधालाई नियाल्दै थिए अचानक सम्झे मसंग पनि त मोबाइल छ अनि मेरो मोवाइलले पनि त कसैको एकाग्रता भङ गर्न सक्छ त्यसैले हतार हतार आफ्नो मोबाइललाइ काउकुती मोड (Vibration mode) मा राख्न भ्याए । धन्न मेरो मोबाइलको आवाजले कसैको एकाग्रता भङ गर्न पाएन । तर सो कार्यक्रम मोबाइलको आतंकीत बातावरणमा नै समापन भयो ।यो त एउटा सानो उदारण मात्र हो ।यस्ता धेरै दाहरणहरु हाम्रो सामु हरेक दिन घटीरहेका छन् । लागौ अब गुदी कुरो तर्फ, हुनत नेपाल जस्तो बिकासिल मुलुकमा संचारको बढ्दो प्रयोगले भविष्यको लागि धेरै आशाहरु जन्माएका छन तर भनिन्छ नि बिकास र विकृती संगसंगै आउछ भनेर सायद माथिको घटना संचारको विकृतीकै एक रुप हुन सक्छ ।
मोबाइल फोनको फाइदाहरुको बारेमा मैले धरै भनि रहनु नपर्ला तर अहिले मैले चर्चा गर्न खोजेको बिषय चाही मोबाइलको अशिष्ट प्रर्दशनसंग सम्बन्धित छ । आफ्नो बोली, व्यवहार, रहन, सहन, लवाइ खुवाइ प्रति सजग रहने हाम्रा बुद्विजिवी, पत्रकार, साहित्यकार, हाकिम साब, शिक्षक बर्ग, नेता, व्यवसायी,युवा बिधार्थी तथा समाजका बिभिन्न तह तप्काका मोबाइल धारी महानुभावहरुले बिभिन्न गोष्ठी, तालिम वा कुनै पनि कार्यक्रममा आफ्नो मोबाइलले प्रदर्शन गर्ने अशिष्टता प्रती किन सजग नहुनु भएका होलान ।
हुनत सबैको आ-आफ्नो रुचि होलान, तपाइ आफ्नो मोबाइलमा जुनसुकै धुन पनि राख्न स्वतन्त्र हुनु हुन्छ त्यसमा मेरो केहि आपत्ति छैन तर जब कुनै कार्यक्रममा जंादै हुनु हुन्छ भने आफ्नो मोबार्इलले अरुलाइ असर गर्छ कि गर्दैन भनेर सोच्नु पनि त तपाइ हाम्रो नैतिक दायित्व हुन आउछ । कायक्रमहरुमा मोबाइलको आवाजले कत्ति टाउको दुखाउछ भन्ने कुरा त तपाइ हामी सबैले अनुभव गरेका छौ । कम से कम काउकुती माडमा राख्दा अरुलाइ कत्ति सजिलो हुन्थ्यो होला । हामी कसैले बोली रहेको बेला विचमै कुरा काटेर बोल्दैनौ किन भने त्यो अशिष्टता हो ।कसैले बोली रहेको बेला विचमा अरुसंग कुराकानी भरसक गर्दैनौ किन भने त्यो पनि अशिष्टता हो । जब हाम्रो मोबाइल अरुले बोलीरहेको बेला कु-टाइममा बज्ट भने त्यो अशिष्टता होइन - तसर्थ अब उपरान्त कुनै पनि कार्यक्रममा जादा आफ्नो मोबार्इललाइ काउकुती मोडमा राखेर शिष्टताको परिचय दिने हो कि ।
सर्मपण








ताजा खबर


