Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Poll: तोकिएको समयमा ...
सधैं हासिरहने र अरुलाई पनि हर्साई रहने हाम्रो भाई सुवोध सिंह अब यस संसारमा रहेनन् । त्यो चञ्चले भाईको
यो दुख्ख लाग्दो समाचारलाई पत्याउन मलाई समेत करिव २४ घण्टाभन्दा बढी समय लागेको थियो । बिश्वास
नलागेरै सबैलाई सोध्दै, बुझदै र भन्दै अन्तमा आएर बीरगंजको चर्चित फोटो पत्रकार सुवोध सिंह भारतको उत्तरप्रदेश
स्थित बस्ती स्टेशनमा बिहिबार सा"झ रेलको ठक्करबाट घटनास्थलमै मृत्यु भयो भनेर, म आफैले लेख्न बाध्य भए ।
र्थाथता पनि यही नै थियो । तर मनमा अझैपनि कतैबाट अन्य बेला जस्तै दाई तपाई एकदिन पनि एक्सरर्साईज
नछाडनु है, होईन भने तपाईको उमेर सबैलाई थाहा हुनेछ भनेर जिस्काउदै पो आउने हो कि भने जस्तो लाग्थियो ।
तर घटनाको समाचार सुनेदेखि एकपटक पनि कोही जिस्कीन आएन । न कसैले दाई हामीले सुनेको समाचार नितेशले
मजाकमा भनेको रै छ भनेर भन्न नै आयो ।
त्यसोतः हामी पत्रकारहरु कुनैपनि कुरोलाई त्यति सजिलै पत्याउदैनौ । तर आफनै समकक्षी भाई सुवोधको दुर्घटनाको
समाचारलाई हामीले नदेखेर पनि पत्याउनु परेको छ । आजसम्म पत्रकारिताको क्रममा थुप्रै घटना दुर्घटनाहरु बारेमा
लेखियो, सो क्रममा हामी कहिल्यै बिचलित भएनौ । डरलाग्दो देखि लिएर भावनात्मक समाचारहरु सबैलाई कर्तब्य सम्झेर
बढो सजिलोसंग लेख्ने गर्थियौ ।
तर आज आफनै समकक्षिको दुर्घटनाको समाचार लेख्नुपर्दा मात्रै थाहा भयो, छाडेर जानेले कतिको गहिरो पिडा दिदो रैछ भनेर ।
यसैले होला सधैं समाचारको लागि तर्राईको बैशाष र जेष्ठको टंटलापुरको घामलाई केही नभनी दिनभरी ताततातो सडकमा
भौतारिरहने सञ्चारकर्मीहरु आज आफनै गुडमा सबै थाकेर बसेका थिए । कोही केही बोल्न चाहिरहेका थिएनन् । मानौं कि
बीरगंजका सञ्चारकर्मीहरुको सबै जोशजागर कसैले लिएर बेपत्ता भएको जस्तो देखिन्थियो ।
सधैं अरुलाई प्रश्न गरेर अतयाईरहने बीरगंजका डरलाग्दा पत्रकारहरु आज आफनै कार्यालयमा डराए जस्तो गरेर एकहोरिएर
बसिरहेका थिए । कसैको अनुहारमा पनि खुशीको रगं देखिन्दैन थियो । सबैको अनुहारमा सबैथोक गुमाएको र लुटिएको जस्तो
दुुखी देखिन्थियो ।
तर अनुहारमा देखिएको दुख्ख र पिडाबाट सहजै अनुमान लगाउन सकिन्थियो कि सुवोध सिंह सबैको कती प्यारो थियो
भनेर । आज बीरगंजेली पत्रकारहरुको अनुहारमा बरिष्ठ पत्रकार गोपाल गोतामे र गोपाल गिरीलाई गुमाउदाको पिडा पुनः
एकपटक सुवोधलाई गुमाउदा स्पष्ट रुपमा झल्केको देखियो ।
सधैंजसो बीरगंजको सडकहरुमा समाचारको लागि दौडिरहने सुवोध सिंह आज आफै स्वयंम समाचार बनेको छ । सधैं सुवोध
सुवोध भनेर बोलाउनेहरु आज सुवोधको अभाव महशुस गर्दैछन । हामीलाई तः सुवोध दिल्लीसम्म मात्रै पुगेर र्फकन्छु भनेर
हिडेको थियो । तर हिडदा हिडदै उ हामीहरुबाट धेरै टाढा पुग्यो । जहाबाट अब हामीले चाहेरपनि सुवोध्लाई फर्काउन सक्दैनौ ।
तैपनि मेरो मानसपटलमा अझैपनि कतै मोटरर्साईकलमा बसेर सुवोध हासिरहेको पो देखिन्छ कि भन्ने आशामा छु । तर
यर्थाथता भन्नु पर्दा सुवोधले हामीलाई सधैंको लागि छाडेर कहिल्यै नर्फकने गरी हिडिसकेको छ । छोटो जिवन लिएर
आएको भएपनि उनले हाम्रो लागि आफना थुप्रै उत्कृष्ठ कृतिहरु छाडेर गएको छ । जसले उसको अभावको पिडालाई केही
हदसम्म भएपनि कम गर्नेछ ।
यस्तै गुण लाएको कारण बीरगंजले स्व. सुवोध सिंहलाई चाहेरै पनि कहिल्यै बिर्सन सक्ने छैन । अन्तमा सुवोध तिमीपनि
जहा भएपनि त्रि्रो सुन्दर र स्वच्छ आत्माको चिरशान्तिको लागि म ८४ हजार्रर् इश्वरसंग सादर प्रणाम गर्दछु ...........
.......................।
राजु श्रेष्ठ








ताजा खबर


